Blog - Latest News

कपअन स्पोर्ट्स सेन्टरबाट प्रिति राई सम्मानित

कपअन स्पोर्ट्स सेन्टरबाट प्रिति राई सम्मानित १११ औं अन्तराष्टिय महिला दिवसको अवसर पारेर काठमाडौंको कप अन स्र्पोटस सेन्टरले युवा महिला खेलाडी प्रिती राईलाई नगद रु ५,००० – पाँचहजार सहित सम्मान पत्रले सम्मान गरेको छ । स्पोर्ट्स सेन्टरको परिसरमा आयोजित कार्यक्रममा राईलाई सेन्टरका अध्यक्ष नविन पाण्डे, टर्किस एरलायन्सका प्रमुख कार्यकारी अब्दुल्लाह तथा फुटबल प्रशिक्षक लि समेतले सम्मानित गरेका थिए ।

कार्यक्रमा कप अन स्र्पोटस सेन्टरका कार्यकारी प्रमुख अधिकृत बद्रि भट्टराईले बुढानिलकण्ठ भित्रका धेरै प्रतिभाहरु मध्येका एक प्रिती राईलाई केहि दिन अघि सम्पन्न उपमेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको र युवा खेलाडीका रुपमा उनको खेलकौशलको सम्मान गर्दे नारी दिवसको अवसरमा उनलाई कदर गरिएको बताए ।

स्पोर्ट्स सेन्टरका अध्यक्ष तथा फुटबल विश्लेषक नविन पाण्डेले खेलाडीहरुको उर्जालाई कायम गराईराख्न यस्ता प्रोत्साहन कार्यहरु गरिराख्नु पर्ने बताए । सम्मान कार्यक्रममा सेन्टरका सञ्चालक एवम् न्यु मिलिनियम कलेजका डाइरेक्टर दिपकराज जोशी, अन्तराष्ट्रिय ह्याण्डबल खेलाडी अािशष अधिकारी सञ्चालक निरन्जन खड्का लगायत नेपाली फुटबलका पूर्व राष्ट्रिय खेलाडीहरुको समेत उपस्थित रहेका थिए ।

Also Read:

Also Read: List of Super Bowl Winners By Year Since 2010

0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Started

About

Features

Follow Us

@2025 - All Right Reserved. Kathmandu Kickers
Home| Team| Media| Contact | Privacy Policy | Terms and Conditions
Kathmandu Kickers is an equal opportunity affirmative action institution. The Right to Employment Act, 2075 (2018)