Blog - Latest News

आइबाेस मिया सान मियाले बगर भाई खलक भेटरान चैम्पियनशिपको जितेको छ

आइबाेस मिया सान मियाले बगर भाई खलक भेटरान चैम्पियनशिपको जितेको छ

पाेखरामा जारी ,चौथाे स्व रञ्जित गुरुङ स्मृति दशौ बगरभाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियाेगिताकाे उपाधी काठमाडौंकाे आइ बाेस मिया सान मियाले हात पारेकाे छ । प्रतियाेगिताकाे फाइनलमा ललितपुरकाे टि बर्गर लाइ ४-१ गाेलले पराजित गर्दै प्रतियाेगिताकाे उपाधी हात पारेकाे हाे । मिया सान मियाका लागि नविन पाण्डे र नविन न्याौपानेले समान २-२ गाेल गरेका थिए। टि बर्गरका लागि कृष्ण मालाकारले १ गाेल गरेका थिए । प्रतियाेगितामा विजेता टिमले प्राप्त गरेकाे १ लाख ११ हजार १ सय ११ रुपैया पुर्व राष्ट्रिय खेलाडी नविन न्याौपानेका आमाकाे क्यान्सर उपचारका लागि प्रदान गरिएको छ ।

प्रतियाेगिताकाे बेष्ट गाेलकिपर आइबाेस मिया सान मियामा सञ्जिब खड्गी , उत्कृष्ट डिफेन्स टि बर्गरका नरेश थापा , उत्कृष्ट मिडफिल्ड आइबाेस मिया सान मियाका राजेश खड्गी , उत्कृष्ट फर्वाड नविन पाण्डेले हात पारेका थिए |यी सबैउत्कृष्ट खेलाडी हरुले जनही रु 5,000 नगद प्राप्त गरेका थिए ।मियाँ सान मिया समर्थक समूहका अध्यक्ष नवीन पाण्डे हुनुहुन्छ भने यो प्रतियोगितामा मियाँ सान मिया नेपाल समर्थक समूह लाई आइबाेस ग्लोबल लाइफ इन्टरनेसनल र ग्रीन बुटीले प्रायोजित गरेको थियो । आइबाेस मिया सान मियामा टिममा नबिन पाण्डे,हरि कृष्ण महर्जन,राजेश खड्गी,सुबिन शाक्य,धनबीर चौधरी रुचन मानिस सिह ,श्रीहरी श्रेष्ठ, कल्याण खड्गी, सौगेश श्रेष्ठ, संजीब खड्गी नवीन न्यौपाने, ताशी छिरिंग सुन्दर गुरुङ हुनु हुथ्न्यो

0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Started

About

Features

Follow Us

@2025 - All Right Reserved. Kathmandu Kickers
Home| Team| Media| Contact | Privacy Policy | Terms and Conditions
Kathmandu Kickers is an equal opportunity affirmative action institution. The Right to Employment Act, 2075 (2018)